शुक्रबारको आफनै महत्व : लक्ष्मी, दुर्गा, सन्तोषी माता र हनुमान जी को पूजा अर्चनाको दिन

- मंसिर २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

धार्मीक महत्व र यसको रित अनुसार साताको हरेक बारको आ आफनो महत्व छ । धर्म र यसको रितमा विश्वास गर्नेहरुले प्रत्येक बारको महत्वलाई बुझेर सोही अनुरुपको पूजा पाठ व्रत बस्ने प्रचलन पनि रहि आएको छ ।
यही बारको महत्व अनुरुप शुक्रबारको पनि छुट्टै महत्व रहँदै आएको छ । शुक्रबारका दिन प्राय जसोले सन्तोषी माता र लक्ष्मी माताको पूजा आरधना र व्रत बस्ने प्रचलन बसाएका छन् । आ -आफनो मान्यता र चलन अनुसारको देवी देवता मान्ने हिन्दू परम्परा अनुसार शुक्रबारको दिन दुर्गा भवानी र हनुमानको पनि पूजा गर्ने प्रचलन पनि रही आएको छ ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार माता लक्ष्मीको व्रत बसी विधिवत रुपमा पूजा आराधना गर्नुपर्ने मान्यता रहेको छ। जसले जीवनभर तपाईंको आर्थिक पक्ष बलियो बनाउन सहयोग पु¥याउँछ।
यो दिन व्रत लिने व्यक्तिले फलाहारका रुपमा चना र सख्खर प्रयोग गर्नु उत्तम हुनेछ। व्रतमा अमिलो खानु ठूलो त्रुटी हुनेछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ।

यिनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन्। यो दिन सेतो कपडा लगाउनु पर्छ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ। शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख–शान्ति तथा मनोकांक्षा पूरा हुनेछ।
शुक्र ग्रहले पीडित हुँदा शान्तिका लागि सेतो रंगको घोडा दान गर्नुपर्दछ। रंगीन वस्त्र, रेशमी कपडा, घिऊ, सुगन्ध, चिनी, खाद्य तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार हुनेछ।शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ। शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर