डान्सबारको लुटपाटमा प्रहरीको हात भएको प्रमाणित भए जे सजाय भोग्न पनि तयार छु : प्रहरी वृत्त गौशला प्रमुख थेबे

- मंसिर २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रहरी वृत्त गौशलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) केशब कुमार थेबे आफूलाई आरोप लगाएर विभिन्न अनलाइन सञ्चार माध्यममा आएका हल्लाहरु निराधार भएको बताउँछन् । शुक्रबार बिहान कासिन न्यूज सँगको कुराकानीमा अहिले सञ्चार माध्यम जसरी डान्सबारमा लुटपाट भनेर समाचार आएका छन् । त्यसमा प्रहरीको संग्लनता नरहेको दावी पनि उनको छ ।
प्रहरी वृत्त गौशलामा तिन महिना अगाडी मात्र कार्यभार सम्हालेका डिएसपी थेबेले आफू आउनु अगाडी यस्ता लुटपाटका घटना भएपनि अहिले भने यसलाई निरुत्साहीत पार्न हरेक तवरले प्रयास गरिरहेको बताए ।
दैनिक जसो रातको समयमा बिशेष गरेर भारतिय पर्यटकहरुलार्ई यस्ता डान्सबारहरुले लुट्ने गरेको पाइएको छ । बिशेष योजनाबद्ध तरिकाले डान्सबारका एजेन्टहरुको माध्यमबाट भारतिय पर्यटकहरुलाई लुट्ने गरेको पाइएको प्रहरी नै बताउँछन् ।
भारतिय पर्यटकको साथमा भएको रुपैँया देखी मोवाइल बैंकिङको माध्यमबाट बैँकमा भएको रुपैँया समेत लुट्ने गरेको पाइएकोले यस्ता घटनाहरुलाई निरुत्साहित गर्न प्रहरी तदारुकताका साथ लागेको पनि डिएसपी थेबे बताउँछन् ।

प्रहरी सर्चको पछिल्लो उदाहरण हो गत १ मंसिरमा नाइट क्विन डान्सबार एण्ड रेष्टुरेन्टमा नेपाल घुम्न आएका ६ जना भारतीय लुटिनु । तर, त्यसमा संलग्न डान्सबार सञ्चालक, युवती लगायतलाई उन्मुक्ति दिएर प्रहरीले एक कर्मचारीलाई मात्र मुद्दा चलाएको भन्ने प्रश्नमा डिएसपी थेबे भन्छन् , हामीले अहिले त्यो बारमा ताल्चा लगाएका छौ भने फरार रहेका डान्सबारका सञ्चालक अमित खड्का माथि मुद्दा चलाइएको छ ।
६ जना भारतीयको २ लाख भारतीय रुपैयाँ लुटिएको घटनामा फरार रहेका खड्काविरुद्ध समेत जाहेरी परेको थियो । भने गौशाला वृत्तले डान्सबारका कर्मचारी खेमसिंह भण्डारीलाई मात्र पक्राउ गरी मुद्दा दायर गरेको छ ।
डान्सबारका सञ्चालकले भारतिय पर्यटकलाई एजेन्टको माध्यमबाट डान्सबारमा लगेर युवतीसँग राखी बियर पिलाई लुटपाट गरेर युवतीलाई दुर्व्यवहार गरेको मुद्दामा फसाइदिने भन्दै खाताबाटै पटक–पटक पैसा हाल्न लगाएर लुटेको पाइएको छ । जसको प्रमाण नै भारतीयहरूले पेस गरेका छन् ।
गौशाला वृत्तका प्रमुख डिएसपी थेबेका अनुसार भारतीय नागरिक पारस रामसाहुले भण्डारीसहित सञ्चालक खड्का, विपना राई, प्रतिभा चौधरी, सिद्धार्थ मगर लगायतविरुद्ध किटानी जाहेरी दिएका थिए । सञ्चालकको ठेगाना डान्सबारको कम्पनी दर्ताको प्रमाणपत्रमै राखिएको छ ।’ गौशाला र चाबहिल क्षेत्रका अन्य डान्सबारमा पनि यस्तो किसिमको लुटपाट बढे अहिले यस्ता घटनाहरु मत्थर दावी भने डिएसपी थेबेको छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Comments

सम्बन्धित खवर