काठमाडौं ।
चिसो मौसम र पार्टीको माहोल । यी दुईको मेल अहिले उपत्यकामा निकै बढ्दो छ । विवाहको मौसम भएर होला मौसम र पार्टीको माहोल तातिएको छ ।
केही दिन अघि एक स्थानमा पार्टीको माहोलमा रमिँदा प्रतिनिधी सभाको महिला सांसद दिदी सँग गफिने मौका पाइयो ।
सामान्य कुराकानीलाई सुरु गर्नु अघि दिदी सँग के छ हालखबर ? भनेर सोधीयो । दिदीको सिधा जवाफ आयो झकास छ । बास्तव मै अहिले देशका सांसदहरुको अवस्था झकास भएको अनुभूती दिदीको कुराले गरायो ।
सांसद दिदीको हालखबर जति झकास भएपनि देशमा देखीएका बेथीति र राष्ट्रिय राजनीतिको अवस्था ठ्याक्कै उल्टो छ । केही दिन पहिले व्यवस्था परिवर्तनको मूल नारा लिएर सडक तताउन हिँडेका मेडिकल व्यवसाय दुर्गा प्रसाई अहिले कहाँ छिरे अत्तोपत्तो छैन् । देशमा एक पछि अर्को भष्ट्राचार देखी विभिन्न काण्डहरु बाहिरीने र हराउने यात्रा जारी छ । अहिले देशमा एउटा काण्डलाई गुटमुट्याउनको लागि अर्को काण्डको हुँइयाँ जारी गर्ने क्रम पनि बढ्दो छ ।
त्यसमध्ये पनि अहिले केही दिन पहिले निकै तातिएको एनसेल काण्डले विस्तारै पूर्ण बिराम लिने हो कि भन्ने ठूलो चिन्ता थपिएको छ ।
एनसेलको बजार मूल्यभन्दा न्यून मूल्यमा कारोबारको सहमति बनेपछि देशव्यापीरुपमा चिन्ता बढ्दै गइरहेको छ । यही बिचमा सांसदहरुले एनसेललाई सरकारले नै किनेर सञ्चालन गर्नुपर्ने बहस छेडेका थिए त्यो अहिले कहाँ पुग्यो । तर पनि हाम्रा सांसद ज्यूहरुको जीवन भने झकास् नै छ ।
धमाधम भष्ट्राचार र काण्डै काण्डमा आफूलाई तल्लिन गराएकाहरु धरौटीमा छुट्ने क्रम जारी तर पनि देशका अंगहरु भने झकास् नै छन् । उन्नती र विकासको बाटो भन्दा फरक धारमा पाइला चालिरहेको हाम्रो अर्थतन्त्रको मापन डिग्री कहाँ छ त्यो सम्वन्धित निकाए स्वयंलाई थाहा छैन् ।
तर पनि हामी झकास छौं । यसरी विसंगति बिच बिलासिताको जीवन यापन गर्ने बानी परेका हामीलाई हाम्रा साँसदहरुले दिने झकासको झटारोले केही राहत दिएको छ । हरेक शब्दलाई झकासमा परिणत गर्ने बानी परेका महिला साँसद दिदीले भने झै देश नै झकासमय भयो भने केही राहत मिल्थ्यो कि नत्र मौखीक झकासमा रम्ने बानी परेका हामीहरु मौखीक रम्ने छौँ । हाम्रो जीवनमा व्यवहारीक झकास होइन कि मौखीक झकास रम्ने बानी पर्न थालेको अनुभूति हुन् धेरै समय लाग्दैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments