विवाद भएपछि गेटा पुगेका डा. केसी अनशन बस्न सकेनन्, अब लक्ष्मीनारायण मन्दिरमा अनशन बस्ने
- मंसिर २९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आमरण अनशन बस्न गेटा मेडिकल कलेज, धनगढी पुगेका चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलाई संघर्ष समितिले अवरोध गरेको छ । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार बेलुकी ५ बजेदेखि तीनदिन अनशनमा बस्ने घोषणा गरेका थिए ।
अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरे । डा. केसीले गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग गरेका थिए । तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने संघर्ष समितिका सदस्यहरुले बताए ।
गेटामा प्रवेश गर्न नपाएपछि डा. केसीले आक्रोश पोखेका छन् । आफू सुदूरपश्चिमका लागि लडेको भन्दै उनले भने, ‘एक्लो देखेर पुलिस लगाउने ? धम्की दिने ?’ अब डा. केसी लक्ष्मीनारायण मन्दिरमा अनशन बस्ने उनका सहयोगी डा। अमृत जैशीले जानकारी दिएका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments