महानगरपालिकामा चुरोट खुल्यो, गुड्खा रोकियो

- मंसिर २९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थ (गुड्खा) बिक्री, प्रयोग र कारोबारमा पूर्ण रुपमा प्रतिबन्ध लगाए पनि चुरोटलाई भने सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा नखान आग्रह गरेको छ ।

महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागले चुरोटलाई भने सार्वजनिक स्थानमा मात्र प्रयोग नर्गन आग्रह गरेको छ । मंसिर २८ गतेबाट प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले पूर्णरूपमा निषेध गरिएको हो । पछिल्ला दिनहरुमा महानगरले सादापोशाकका नगर प्रहरी परिचालन गरेर विभिन्न पसलहरुमा अनुगमन गर्दै जफत तथा जरिवाना गरिरहेको छ ।

सुर्तिजन्य पदार्थको प्रतिबन्द लगाएको दुई दिन नबित्तदै उच्च अदालत, पाटनले भने सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर