कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले बीरगञ्ज युनाइटेडलाई पराजित गरेको छ । खेलको छैटौं मिनेटमा पोखराले अग्रता लिए पनि ११ औ मिनेटमा वीरगञ्जले गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । तर पहिलो हाफको अन्तिम समयमा पोखराले गोल फर्कायो ।
दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि पोखरा बिजयी भएको हो । जोय आइडुको गोलमा पोखराले छैटौं मिनेटमा अग्रता लिए पनि त्यसको पाँच मिनेटमै वीरगञ्जका अकिन्स के बाफोउरले गोल फर्काएर खेल बराबरीमा ल्याए ।
त्यसपछि ४५ औं मिनेटमा पोखराका मोसेस ग्यावाहले गरेको गोल नै पोखराको जितका लागि निर्णायक सावित भयो ।
यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भएपनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments