१२ वर्षे जात्राको क्रममा एक पटक मात्रै ताल्चा लगाइने मन्दिर(तस्विर समाचार )

- मंसिर ३०, २०८० मा प्रकाशित


कासिन न्यूज,
ललितपुर ।

ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जात्रा समापन समारोहमा सहभागी भएका थिए ।
हरेक १२ वर्षको एकपटक घण्टाकर्ण चतुदर्शीको दिनबाट ठेचो नवदुर्गाको १२ वर्षे जात्रा सुरु हुने गर्दछ । सो दिन ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिबाट पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु हुने गर्दछ ।
वर्षको ३६५ दिनै खुल्ला रहने यस मन्दिरमा १२ वर्षे जात्राको क्रममा एक पटक मात्रै ताल्चा लगाइन्छ । यो जात्रा सुरु भएसँगै ठेचोबासीलाई विभिन्न बन्देज लाग्ने गर्दछ । जात्रा अवधिभर नवदुर्गा गुठीको बाहेक बस्तीमा अन्य बाजाको साथै घण्ट, सिट्ठी, ताली बजाउन नहुने, बिहे, व्रतबन्ध र भोजभतेर गर्न नहुने नियम रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर