प्रधानमन्त्री दाहाल नेतृत्वको एक वर्ष : बेथितिका किरणहरु बाहेक आन्नदको अनुभूति गर्न नपाएको अवस्था
- पुष १, २०८० मा प्रकाशित
सुधीर नेपाल ।
केही वर्ष अघि नेपाली कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोइरालाले अब देशको सत्ता र प्रमुख पदको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डको हातमा हुनेछ भनेर एउटा अभिव्यक्ति दिएका थिए । जुन अहिले चरित्रार्थ भएको छ । नेपाली राजनीतिमा प्रधानमन्त्री दाहाल एउटा अनौठो पाराले उदाएका छन् । र आफनो एकवर्षे कार्यकाल पनि सकाउन लागेका छन् ।
राजनीतिकको हरेक मोडलाई परिस्थिती जन्य अवस्था मुताविक पहिचान गर्न सक्ने कला भएका प्रधानमन्त्री दाहालले देशको प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल बिताउँदै छन् । सामन्ती र सर्वहारा वर्गको सफाया गर्ने र देशलाई आम नागरिकको चाहना अनुरुप ढाल्ने प्रतिज्ञाका साथ जनयुद्धमा होमाएर सर्वोच्च कमाण्डरको पगरि गुथेका प्रधानमन्त्री दाहाल ती सपना अहिले काल्पनिक भएका छन् । करिबन दुई दशक भयो होला प्रधानमन्त्री दाहालले सो प्रतिज्ञा गरेको । तर अहिले त्यो प्रतिज्ञा प्रतिज्ञामा नै सिमित भएको छ ।
शान्तिवार्ताको झोला बोकेर उपत्यकामा शान्तिको वार्ता गर्दै राज्यलाई जनयुद्धबाट पार लगाएका प्रधानमन्त्री दाहालले जसै आफनो दललाई सामूहिक राजनीतिक दलका रुपमा रुपान्तरित गरे । त्यसपछिका दिनहरुमा सत्ता र राज्यका सुख सुविधाले बिगतमा गरेका वाचाहरु विस्तारै बिस्मृत हुन् थाले ।
सरकारले के राम्रो ग¥यो, के नराम्रो ग¥यो ? सरकारको समग्र रुझान, प्रयत्न र परिणाम के रहृयो ? केलाइन्छ । सरकारका काम, रुझान र प्रयत्नले देशलाई कतातिर ढल्न खोज्दै छ , त्यो अपेक्षित मार्ग हो कि हैन ? त्यो मार्गमा कुनै ठूलो दुर्घटनाको जोखिम छ कि छैन, लोकतन्त्रको गतिले निश्चित संगति, आधार र मर्यादा पक्रिंदैछ कि छैन ? पूर्वानुमान र संपरीक्षण गरिन्छ ।
दाहाल नेतृत्वको तेस्रो, विद्यमान सरकारले एक वर्ष पूरा गर्दैछ । गत वर्ष पुस १० गते बनेको थियो यो सरकार । एक वर्षअघिका घटनाक्रम जनताको स्मृतिमा ताजै छन्, ती सजिलै विस्मृत हुने खालका छैनन् ।
तर अहिले समीक्षागत रुपमा हेर्नु पर्दा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारको उपलब्धिको खासै बयान गर्ने स्थान नभएको अनुभव गरिन्छ । जताततै बेथितिका किरणहरु देखा परिरहेका छन् । तर आन्नदको अनुभूति गर्न नपाएको अवस्था रहेको छ ।
भष्ट्राचार देखी विभिन्न काण्डहरुका र्दुनामी बाहिरी रहेका छन् । बिकास र उन्नति भन्दा पनि उच्च ओहोदामा बसेकाहरुलाई कमाउने मेलो कसरी मिलाउने चिन्ताले हरेक दिन सताउने गरेको छ ।
एक दशक यता मुलुकमा ठूला राजनीतिक परिवर्तन पनि, मुलुकको अवस्था फेरिएन। न त राजनीतिक स्थायित्व कायम भयो, न त संविधानको पूर्ण कार्यान्वयन भयो। नेताहरूले आफू अनुकूल संविधान / कानूनको व्याख्या गर्ने र संसदीय राजनीतिका पुरानै विकृति र विसंगतिलाई दोहो¥याइरहे।
त्यसैकारण जनताले संघीय लोकतान्त्रिक गणतन्त्र प्रति बितृष्ण बढ्दै गएको देखिन्नछ । मुलुकमा लोकतान्त्रिक गणतन्त्र आए पनि जनतामा त्यसको अनुभूति हुन सकेन । जनता र नेताबीचको खाडल पुरिनु साटो झन् गहिरो हुँदै गयो ।
नेताहरू प्रति जनता निराश छन् र भरपर्दो नेतृत्वको खोजीमा छन् । त्यसैले कतिपयले जनताको निराशा लाई क्यास गर्न खोजिरहेका छन् निराश जनताको बिस्वास दिलाउन खोज्ने अरू कोही नभएर आफनो निजी स्वार्थका लागी दुुई दलबाट नभए पछि एक पछि अर्को फण्डाको गर्दै राजतन्त्र हिन्दू धर्मको नाममा बैंक लघुबित्त ऋणको पासा फालीरहेका छन् ।
तर यहाँ ब्याख्या गर्न खोजीएको कुरा के हो भने अहिले दुई अलगधार अलगधुव्र र अलगसिद्धान्तका दुई राजनीतिक महात्माहरु देउवा र प्रधानमन्त्री दाहालको बारेमा हो ।
अहिले देउवा र दाहाल यति घनिष्ठ भएका छन् । यी दुई नेता अतितलाई बिर्सिएको भान हुन्छ । यसलाई प्रधानमन्त्री दाहालको एक वर्षे कार्यकालको ठूलो उपलब्धि मान्नु पर्छ । यसरी आलेख तयार पारिरहँदा सम्म देशमा कुनै पनि महत्वपूर्ण कार्य भएको अनुभव जनताले गर्न सकिरहेका छैनन ।
कुनै पनि दल वा नेताको सरकारको समीक्षा तथा मूल्याङ्कन गर्ने मुख्य दुई वटा मापदण्ड हुन्छन्– ऐतिहासिकता र समकालीन कार्यभार । ‘ऐतिहासिकता’ को अर्थ त्यो पार्टी वा नेता कस्तो आन्दोलन, वैचारिकी, परिवेश, प्रतिबद्धता, संकल्प र दाबी सहित राजनीतिक मैदान र सरकारमा आएको थियो, सरकारमा आएपछि त्यसलाई उनले के–कति प्रमाणित वा पुष्टि गर्न सक्यो वा सकेन भन्ने हो । आफ्नो वैचारिकी र एजेण्डाको औचित्य पुष्टि ग¥यो कि गरेन भन्ने हो ।
‘समकालीनता’ को अर्थ उसका विचार, सवाल र दाबी के थिए एकक्षण छोडिदिऊँ, देशको तात्कालिक कार्यभार र आवश्यतालाई उसले सम्बोधन गर्न सक्यो कि सकेन भन्ने हो । दाहाल नेतृत्वको सरकारको यो एक वर्षलाई पनि यिनै दुई आधारबाट हेर्न पर्दछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments