एमाले संकल्पयात्राको अन्तिम दिन : संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेता अन्तिम दिन हेलिकोप्टरमा उडे
- पुष १, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकोप्टर प्रयोग गरेका छन् ।
पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग गरेका हुन् ।
काठमाडौंबाट मगाइएको हेलिकोप्टरमा पहिलो खेप वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलगायत नेता चिवाभन्ज्याङ पुगे । दोस्रो खेपमा ओली र महासचिव पोखरेल उडेका थिए ।
संकल्पयात्राभरि गाडी प्रयोग गरेका ओली र नेताले अन्तिम दिन हेलिकोप्टरमा उडेका हुन् । कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।
What’s your Reaction?
+1
+1
1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments