तीन महिना अघि रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु, मृत्यु हुने नेपालीको सङ्ख्या सात पुग्यो

- पुष १, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । कैलालीको टीकापुर-१ का ३६ वर्षीय भरत शाहको रुस९युक्रेन युद्धमा मृत्यु भएको हो । नेपाल प्रहरीको जागिर छाडेर तीन महिनाअघि युएईबाट रुस पुगेका शाहको शुक्रवार निधन भएको जनाइएको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका ६ जनाको मृत्यु भएको पुष्टि गरेको थियो । शाहको मृत्यु बारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने दिएको छैन । शाहका परिवारले भने कुशको शव बनाएर स्थानीय परम्परा अनुसार दाहसंस्कार समेत गरिसकेका छन् । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको बताइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर