इजरायली सेना र हिजबुल्लाह समूहबीच फेरि गोलीबारी सुरु

- पुष २, २०८० मा प्रकाशित


कासिन न्यूज,
तेल अबिब ।

इजरायल–लेबनान सीमामा फेरि गोलीबारी सुरु भएको छ । हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा गोलीबारी सुरू गरेको हो । हिजबुल्लाह समूहले सीमा नजिकै उत्तरी इजरायलको किबुट्ज हानिताको किनारमा इजरायली सेनालाई लक्षित गरेको र केही हताहत भएको बताएको छ।

यसले इजरायली सैनिकहरूद्वारा सञ्चालित चौकीमा दोस्रो आक्रमणको दावी पनि गरेको छ । इजरायली सेनाले जवाफ दिँदै लेबनानमा हिजबुल्लाह पूर्वाधारमा प्रहार गरेको बताएको छ। युद्ध सुरु भएदेखि सीमामा झडपहरू जारी छन्, जसमा झण्डै १०० हिजबुल्लाह लडाकू र कम्तिमा १५ नागरिकको मृत्यु भइसकेको छ।

तर हालसम्म, त्यस्ता गोली हानाहान धेरै हदसम्म सीमावर्ती क्षेत्र र सैन्य चौकीहरूमा मात्र सीमित छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर