नेपाल सुपर लिग : अपराजित धनगढी र काठमाडौं रेजर्स बिचको खेल बराबरीमा टुंगियो
- पुष २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन् । जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन र काठमाडौंसँग अंक बाँड्यो ।
अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा नै अग्रता दिलाएका थिए । डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए । त्यसमा काठमाडौंका आन्द्रेस नियाले आफ्नो साथीलाई ब्याक पास दिएका थिए । तर हिजाजीले बल पाए र उनले काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठ अघि बढेको मौकामा बक्सभित्रबाट भली प्रहार गर्दै गोल गरे ।
तर ६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको थियो । धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।
कोमिवनले बायाँ भागबाट हानेको फ्रिकिकमा किनगुए ओलिभरले बक्सभित्रबाट जम्प गर्दै हेडमार्फत गोल गरे । धनगढीका किपर टिकेन्द्र थापाले बचाउने अवसर नै पाएनन् ।
काठमाडौंको दशरथ रंगशालामा भएको खेल १-१ को बराबरीमा टुंगिएसँगै धनगढी १२ अंकसहित पहिलो र काठमाडौं ९ अंकसहित चौथो स्थानमा एथावत् छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments