माओवादी केन्द्रको पदाधिकारी बैठक : नेसपासँग एकता प्रक्रिया अगाडि बढाउन समिति गठन गर्ने सम्भावना

- पुष ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबा बस्दैछ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ ।
बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ । यस्तै, सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए ।

बैठकले डा। बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडि बढाउन एकता समायोजन समिति गठन गर्ने सम्भावना छ । मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म समायोजन समिति गठन भएको छैन ।

भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान पुस १६ गते सकिँदैछ । यस्तै, प्रचण्ड नेतृत्वको सरकारले पुस ११ गते एक वर्ष पुरा गर्दैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर