शेरबहादुरको बालकृष्ण प्रेम : बिपक्षी समकक्षी देखी अदालत सम्म बालकृष्णको नाममा ताबेदारी
- पुष ३, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
राष्ट्रिय राजनीति देखी आर्थिक क्षेत्रमा निकै बदनाम कमाएको काण्ड हो नक्कली शरणार्थी प्रकरण । यही प्रकरणका मुख्य अभियुक्तहरुको खोरबाट छुट्ने क्रम जारी छ । भर्खरै मात्र यही प्रकरणका एक मुख्यपात्र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले मुक्ति पाएका छन् । अब उनको राजनीतिक यात्राले कस्तो मोड लिन्छ भन्ने प्रश्न पनि उनको सामु तेर्सिएको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको पदाधिकारीहरुको बैठकमा नेता बालकृष्ण खाँणको पक्षमा बोलेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले हल्का महसुस गरेका थिए ।
खाँणको पक्षमा खुलेर लागेका सभापति देउवाले खाँणलाई उन्मुक्ति दिलाउन विभिन्न निति अपनाई रहेपनि अहिले सम्म सफल भएका थिएनन । तर कांग्रेसका नेताहरु खुलेरै खाँणको पक्षमा बोल्न थाले पछि सभापति देउवाले शान्तिको सास फेरेका थिए । भने अहिले उनको ठूलो अभिलाषा पुरा भएको छ । राजनीतिक दाउपेचमा सभापति देउवालाई उछिन्न कसैलाई हम्महम्मे पर्ने गर्छ । यही राजनीतिक दाउपेचको चोटीलो मौकालाई प्रयोग गर्ने काममा उनले आफना बिपक्षी समकक्षी देखी अदालत सम्ममा बालकृष्णको नाममा तावेदारी गरेको तथ्यहरु बाहिर आई रहेका छन् ।
शरणार्थी प्रकरण बाहिरीएको बेलामा कांग्रेसका नेताहरुले खाँणलाई पार्टीबाट निलम्बन गर्नु पर्ने कुरामा चर्को आवाज उठाएका थिए । तर अहिले सो आवाज विहिन भएको छ । उल्टो राजनीतिक उखरमाउलाकारीहरुले बालकृष्ण नामको राजनीतिकको चरम नौटंकी देखाएका छन् । सिधा अर्थ यस्ता नाटकहरुलाई सम्मानको अपमानको संज्ञा दिइने गरिन्छ ।
आर्थिक टकरावको पछाडि दौडने नेताको पछाडि यसरी कांंग्रेसका बुद्धिमान भनाउँदा नेताहरु लाग्नुले देशका राजनीतिका हस्तिहरुको बुद्धिमतालाई अब कसरी बयान गर्ने भन्ने अर्को प्रश्न उब्जिएको छ ।
२०६५ सालदेखि केन्द्रीय सदस्य रहेका खाँणको कांग्रेसमा राम्रै व्यक्तित्व थियो । उनी सँग प्राय नेताहरुको राम्रै हिमचिम थियो । उनी कांग्रेसको सेन्टर प्वान्टको हस्ति थिए । प्रमुख नेताहरुलाई हात लिएर राजनीतिक चालमा हरेक प्रकारका चाल चल्न सक्ने खुबी पनि थियो खाँणमा ।
तर जब खाँणले आफनो राजनीतिलाई बिस्तार गर्दै लगे उनको भित्रि मनोकांक्षा देखी राजनीति गर्ने शैलीमा समेत परिवर्तन आउन थालेको उनी निकट कांग्रेसका नेताहरु बताउने गर्छन् । जसमा खाँणलाई उदोगति तर्फको बाटोमा लगाउने कार्यमा उनकी श्रीमति मञ्जु खाँण ठूलो हाल कांग्रेस बृत्तमा चर्चाको बिषय भएको थियो ।
कांग्रेस सभापति देउवा राइट हेन्ड रहेका सभापति देउवाको बोली भनेको नै उनको बोली हुन्थ्यो कुनै बेला । युवा कालिन अवस्था देखी बुटवलका यी राजनीतिज्ञले पावर सेयरिंगलाई राम्रै सँग प्रयोग पनि पाइन्छ ।
२०४४ देखि २०४८ सम्म नेपाल विद्यार्थी संघको नेतृत्व गरेका खाँणले शक्तिलाई बिस्तारीत गर्ने कार्य भने तरुण दलको अध्यक्ष हुँदा गरेका थिए ।
जसरी खाँणले आफनो शक्तिलाई बिस्तारीत गर्दै लगे उनी भित्र अनौठा भुतहरु पनि सवार हुन थालेको उनी निकट नेताहरु नै बताउँछन् । सभापति देउवाको चाललाई प्रयोग गर्ने दिमागमा उनमा थियो । खाँणले त्यहि शक्तिको आडमा र सभापति देउवाको तथास्तुमा पार्टीका आफूभन्दा बरिष्ठ नेताहरुलाई पछाडि पार्दै शक्ति हुत्याउँदै थिए ।
उनी कांग्रेस प्रजातान्त्रिकतिर लागेका बेला बनेका अध्यक्ष विनोद कायस्थ बाहेक सबै अध्यक्ष खाँण निकटकै भए । महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतदेखि वर्तमान अध्यक्ष विद्वान् गुरुङ उनी निकटका थिए ।
नेतृत्वमा बस्नेहरूले पार्टी महाधिवेशनमा हुने घाटा–नाफा हेरेर निलम्बन नगरे पनि उनीहरूको राजनीतिक साख फर्किएको छैन, बरु कांग्रेसकै साख गिर्ने काम भएको छ । ‘म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो’ तर ‘कारागार अहिले पहिलेको जस्तो रहेनछ ।’ आफनो गरेको भष्ट्राचारको कुरालाई खाँणले स्वीकारेका थिए । राजनीति नै यस्तो रुप हो जसले मानिसको जिवनलाई कि तहसनहस पारिदिन्छ कि पूर्ण रुपले परिवर्तन गरिदिन्छ । खाली यसलाई प्रयोग गर्न मात्र जान्नु पर्छ ।
अविस्वास माथि विश्वासको आधार पनि हो राजनीति । कसले कहाँ कति खेर जाक्छ थाहा हुँदैन । विधार्थी राजनीति देखी राष्ट्रिय राजनीति सम्म निकै चर्चाको नाम थियो नेपाली कांग्रेसका युवा नेता खाँणको । सबैलाई समेटेर लान सक्ने र नेतृत्वदायी गुण भएका नेताको रुपमा उनी जहिले पनि चर्चामा हुन्थे । माथिल्लो नेतृत्व पनि उनको कार्यशैली देखी प्रशन्न थिए । अर्को प्रश्न खाँणको साख अब पहिलेको जस्तो रहला कि बिगतमा भष्ट्रचारको र्दुनामी कमाएका नेता जस्तो रहला त्यो हेर्न समय कुर्नु नै पर्ला र
बिस्तारै बढ्दै गएको राजनीतिक चर्चाले खाँणमा केही परिवर्तन आउन थालेको उनका निकटहरुले नै बताउने गरेका थिए । त्यसमध्ये सबै परिवर्तीत कुरा थियो आर्थिक पक्ष । खाँण अहिले नक्कली नक्कली शरणार्थी प्रकरणमा केही महिना थुनामा बसेर बाहिरीएका छन् । विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेलमा बस्दा आफूले पहिले सोचे जस्तो नभएको बताएका थिए । २९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका थिए खाँण ।
तर अहिले कांग्रेसका केही नेताहरुले सभापति देउवाको चालनिती जसरी पछ्याउने निति लिन थाले त्यसले ‘ कांग्रेसलाई कुन अवस्थामा लैजान्छ भनेर सोच्नु बेला पनि आएको छ । यस्तो गलत निर्णयले कांग्रेसको अवस्था भारतीय कांग्रेसको जस्तो अवस्था आउनसक्ला भन्न सकिंदैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments