पिडित दलित महिला स्वास्थ्यकर्मी : जहाँ काम गर्छिन त्यहीको शिक्षा प्रमुख र स्थानिय युवाहरुबाट यौनजन्य कार्यको सिकार
- पुष ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
मुगु ।
स्वास्थ्य क्षेत्रमा केही गर्छु र समाजको सेवा गर्छु भनेर दाङबाट मुगुको खनाया आएकी २३ वर्षिया महिला स्वास्थ्यकर्मी तुलसी कुमारी विश्वकर्मा अहिले सोही गाँउका युवाहरुबाट पिडित भएकी छिन् ।
तुलसीले खनायाको स्वास्थ्य चौकीमा कार्यरत रहेर काम गरेको अहिले एक वर्ष पुग्न लाग्यो । तर उनको मन भने शान्त छैन् । उनलाई खनायाका युवाहरुले राती फोन गर्ने , राती राती औषधीको निउ गरेर आफ्नो कोठामा आफूलाई तनाव दिने , रक्सी खाएर यौन प्रस्ताव गर्ने , आफूलाई साथीको जन्मदिनमा सोरु गाउँपालिका स्वास्थ्य शाखामा कोकको बोतलमा रक्सी मिसाएर खुवाईएको रक्सी खाने स्वास्थ्य कर्मी भनेर आफ्नो नै मानहानी गरेको उनले बताइन ।
अहिले फेरी सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र बहादुर मल्लले आफूलाई रातको एक बजे फोन कल गरेर यौन प्रस्ताव गरेको पीडित तुलसाले बताइन् ।
यो सबै कुरालाई लिएर आफ्नो सुरक्षाको लागी स्वास्थ्य शाखामा प्रस्ताव गर्दा कुनै सुनुवाइ नभएको आफू असुरक्षित भएको कुरालाई कार्यपालिकाको बैठकमा राख्छु भन्दै तुलसी अहिले अगाडी बढेकी छिन् ।
हाल खनायाका स्वास्थ्य इन्चार्ज सुरज कुमार शाहीको घरमा डेरा लिएर बस्दै गरिकी तुलसीलाई घरबेटीले तिमी तल्लो जातीको भएको थाहा थिएन अहिले तिमी तल्लो जातको भएको थाहा भयो त्यैसले तिमी अर्को घरमा डेरा खोज भन्दै तनाव दिएको तुलसीले बताइन ।
समस्याको बारेमा गाउँपालीकामा नआएको र अब छानबिन गरि पीडितलाई न्याय दिलाउन आफू लागी पर्ने सोरु गाउँपालिकाका उपाध्यक्ष ( न्याय समितिका संयोजक ) केस जङ्ग शाहीले बताए । पीडित तुलसीको न्यायको लागी जिल्ला प्रहरी कार्यलयमा किटानी दिए लगत्तै आफू लागी पर्ने प्रहरी प्रमुख बिरेन्द्र थापाले जनाए साथै यसबारे अहिलेसम्म उजुरी नपरेको पनि थापाले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments