भिजिट भिसा प्रकरण : नेवानिका अधिकृत पोखरेल र वरिष्ठ सहायक यादव निलम्बित

- पुष ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भ्रमण भिसामा जानेहरुको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले नेपाल एयरलाइन्स(नेवानि)का अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादवलाई गरेको परेको छ ।
निगमका कार्यकारी प्रमुख युवराज अधिकारीले लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएका कारण पक्राउ परेको मिति २५ मंसिरदेखि लागु हुने गरी पोखरेललाई निलम्बन गरेका हुन् ।
यसैगरी यादवलाई पक्राउ परेको मिति २७ मंसिरदेखि लागु हुने गरी निलम्बन गरिएको छ । उनीहरुको मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन जारी रहने वायुसेवा निगमका कर्मचारीहरुको सेवा, शर्त सम्बन्धी नियमावलीको प्रावधान छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर