तानाशाही बन्दै मोदी नेतृत्वको सरकार, निलम्बनमा पर्ने सांसदको सङ्ख्या १ सय ४१ जना पुग्यो
- पुष ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
भारतको लोकसभाबाट मंगलबार थप ४९ जना सांसद निलम्बनमा परेका छन् । यसै महिनाको १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।
आज निलम्बनमा पर्नेहरूमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेका छन् । संसद्को सुरक्षा लोकसभा अध्यक्षको अधिकारको विषय भएको तर विपक्षीले गृहमन्त्रीको जवाफ किन मागिरहेका छन् भन्ने प्रश्नमा अब्दुल्लाहले भने, ‘प्रहरी गृह मन्त्रालय मातहत छ, गृहमन्त्री पाँच मिनेटका लागि सदनमा आएर गल्ती स्वीकार गर्दा के जान्छ ?’
नरेन्द्र मोदी नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप लगाउँदै विपक्षीहरूले संसदमा एक जना पनि विपक्षी सांसद रहेसम्म गृहमन्त्रीको जवाफ मागिरहने चेतावनी दिएका छन् ।
पछिल्लो एक हप्तामा लोकसभा र राज्यसभाका गरेर एक सय ४१ जना सांसद निलम्बनमा परेका छन् । हिजो सोमवारमात्रै ७८ जना सांसद निलम्बनमा परेका थिए । सरकारले संसदमा केही विधेयक पेस गर्ने तयारी गरेको छ, ती विधेयकमा विपक्षीले असहमति जनाउने देखेर धमाधम विपक्षी सांसदहरू निलम्बनमा परेका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments