स्रोत नखुलेको १६ लाख नगदसहित एक जना पक्राउ
- पुष ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
स्रोत नखुलेको १६ लाख १० हजार रुपियाँसहित सशस्त्र प्रहरीले मंगलबार विराटनगरबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।
विराटनगर १५ घर भएका साहले स्रोत नखुलेको रकम लिएर हिँडिरहेको सूचनाका आधारमा सशस्त्रको गस्ती टोलीले पछ्याएर नियन्त्रणमा लिएको थियो। प्रहरीले साहको साथबाट नगद र को १९ प ४४३४ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले बरामद रकम तथा मोटरसाइकल र साहलाई आवश्यक छानबिन तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ। सशस्त्र प्रहरीले एक हजार दरको ८८५ थान, ५०० दरको १६९ थान, १०० दरको ९०० थान, पचास दरको पाँच थान, २० रुपियाँ दरको १२ थान र दशको नोट एक थान बरामद भएको जनाएको छ।
रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले रकम बरामद गरी साहलाई नियन्त्रणमा लिएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments