पश्चिमी वायुको प्रभावले तराइ क्षेत्रमा हुस्सु र कुहिरो, तापक्रम घट्ने क्रममा रहेकाले अत्याधिक चिसो

- पुष ४, २०८० मा प्रकाशित


कासिन संवाददाता,
काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । यस्तै, रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर