अलौकिक र महत्त्वपूर्ण तिथि बुधाष्टमी : बुधाष्टमी को दिन के के गरिन्छ ?

- पुष ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बुधवार को दिन अष्टमी पर्न गएमा एउटा अलौकिक र महत्त्वपूर्ण तिथिको समायोजन हुन्छ जसलाई हामी बुधाष्ठमी भन्दछौँ । ब्रह्माण्ड पुराणमा यस तिथिको महत्त्व विशेष रूपमा अभिव्यक्त गरिएको पाइन्छ । यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनसक्छ ।

यस दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यहरू लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान् बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।

बुधाष्टमी को दिन के के गरिन्छ ?
यस व्रतमा बिशेषत शिव पार्वतीको अर्चना गर्ने चलन रहन्छ, यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । बुधबारका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ, यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनुपर्दछ । बुध ग्रहको दोष भएका मान्छेहरूका लागि यस दिन विशेष फल दिने दिन रहन्छ । सबै जनालाई बुद्धअष्ठमीको अनेक शुभकामना ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर