अर्थ / कारोवार :शेयर बजारमा हरियाली, नेप्से ५ महिनायताकै उच्च विन्दुमा

- पुष ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

लगातार शेयर बजार बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से दुई हजार एक सय छ दशमलव ४८ विन्दुमा पुगेको छ ।

नेप्से गएको साउनयता पहिलो पटक २१ सय विन्दुभन्दा माथि पुगेको हो । सबै समूहको शेयर उकालो लागेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । समग्रमा बजार बढेको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको शेयर भने सात प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ४३ लाख र सोल्टी होटलको शेयर २८ करोड ७३ लाख रुपैयाँमा किनबेच भएको छ ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर