भर्खरै मात्र मलेशियाबाट फर्केका भण्डारीले पिंगलास्थानको एक होटलमा आत्महत्या गरे
- पुष ४, २०८० मा प्रकाशित
कासिन संवाददाता,
काठमाडौं ।
निकै जोश र जाँगरका साथ वैदेशिक रोजगारको लागि केही वर्ष अगाडी मात्र मलेशिया भासिएका बाराका हरिकृष्ण भण्डारी (४०) केही दिन अगाडी मात्र मलेशियाबाट काठमाडौं आएका थिए ।
काठमाडौंको पिंगलास्थान ९ मा रहेको जय नेपाल होटल एण्ड लजमा बसिरहेका भण्डारी सोही होटलको कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा मंगलबार भेटिएका छन् । मंगलबार बिहान देखी भित्र बाहिर भित्र बाहिर गरिरहेका भण्डारी आफूले आफूलाई पासो लगाएर आफनो ज्यान दिएका छन् । होटल सञ्चालकका अनुसार खास त्यस्तो कुनै समस्या भएको जस्तो हाउभाउ उनमा देखीएको थिएन । साँझमा केही बेर पिंगलास्थान वरपर घुमेर आएका भण्डारी त्यस पछि कोठा बाट बाहिर निस्किएका थिएनन
धेरै बेर बाहिर नस्किए पछि होटल सञ्चालकले उनको खोजबिन गर्न थालेको थियो । उनलाई बोलाउन उनी बसेको कोठामा पुग्दा भित्र बाट कोठा लक गरिएको थियो भने उनी कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा भेटिए ।
भण्डारीलाई झुण्डिएको अवस्थामा भेटिए पछि तत्काल नजिक रहेको गौशला प्रहरी बृत्तलाई फोन गरेर बोलाए लगत्तै प्रहरी, जनप्रतिनिधी र होटल स ञ्चालको रोहवरमा भण्डारीको सव राती नै उनको परिवारलाई बुझाइएको छ । तर भण्डारीले के कति कारणले आत्महत्या गरे त्यो भने अझै खुलेको प्रहरीले यो घटनाको अनुसन्धान गर्ने बताएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments