एनसेल प्रकरण : लेखा समितिका सभापतिको अराजकता प्रति कांग्रेस सांसद थापाको गम्भीर आपत्ति
- पुष ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले एउटा समितिले अर्को समितिको कुरा काटेको भन्दै यसबारेमा गम्भीर रूपमा कुरा उठाउनुपर्ने बताएका छन् । सांसद थापाले बुधवार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यसबारे आजै सभामुखको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
उनले मङ्गलवार सार्वजनिक लेखा समितिमा एनसेलको विषयमा भएको छलफलमा समितिका सभापतिले अराजक ढंगले प्रस्तुत भएको बताए । उनले मङ्गलवार सार्वजनिक लेखा समितिमा एनसेलको विषयमा भएको छलफलमा समितिका सभापतिले अराजक ढंगले प्रस्तुत भएको बताए ।
उनले भने, ‘हिजो एनसेल सम्बन्धी बैठकलाई सार्वजनिक लेखा समितिका सभापतिले सुन्ड्मुन्ड र सरकारले अह्राएर गरेको भन्नुभएको रहेछ । तर हाम्रो छलफल त पूर्व तयारीअनुसार भएको हो। एउटा समितिले अर्को समितिले कुरा काट्दै जाने हो भने संसद्को गरिमा के होला ? यस विषयमा गम्भीर रूपमा कुरा उठाउनै पर्छ ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments