•  ११ पुष २०८१, बिहीबार

खेल : फरवार्ड डिडिएर ड्रोग्बालाई एनएसएल दोस्रो संस्करणमा नेपाल ल्याउने तयारी

- पुष ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल सुपर लिग (एनएसएल) ले आइभोरी कोस्टका फरवार्ड डिडिएर ड्रोग्बालाई दोस्रो संस्करणका दौरान नेपाल ल्याउने जानकारी दिएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यान्जेमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले प्रतियोगिता सुरु हुनुअघि डिसेम्बर तेस्रो सातामा ड्रोग्बा नेपाल आउने जानकारी दिएका छन् । तर यसबीचमा ड्रोग्बा आइभोरी कोस्टमै हुने अफ्रिका कप अफ नेसन्स २०२३ (एफ्कन) मा व्यस्त हुने भएपछि उनी पूर्व निर्धारित समयमा आउन नपाउने भएका हुन् ।
‘हामीले सुरुवातमा डिसेम्बर तेस्रो साताको लागि छलफल गरेका थियौं । तर एफ्कनको एम्बेसडर भएकाले उहाँको तालिकामा हेरफेर भयो । हामीले अझैपनि फाइनलमा ल्याउन प्रयास गरिरहेका छौं,’ कार्कीले भने ।
‘हाम्रो उहाँको संस्थासँग दिर्घकालिन सहकार्य गर्दैछौं । उहाँको टिमबाट केहि पछि नेपाल आउने भनेपनि हामीले प्रतियोगिता दौरान नै ल्याउने सक्दो प्रयास गरिरहेका छौं । एनएसएल नहुँदा पनि फाउन्डेसनसँग मिलेर हामीले अन्य काम भने गर्ने नै छौं,’ कार्कीले भने ।

एफ्कन १३ जनवरीदेखि आइभोरी कोस्टमा आयोजना हुँदैछ । प्रतियोगिताको एम्बेसडर रहेका उनी हाल अफ्रीका भ्रमणमा रहेको कार्कीले जानकारी दिए । एनएसएलले गत महिना ड्रोग्बा फाउन्डेसनसँग मिलेर जाजरकोटको भूकम्पमा पिडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Comments

सम्बन्धित खवर