सेनाले न्वारन गर्दैन : ०७६ सालदेखि कसैले उपलब्ध गराएको अधुरो कागज देखाएर विवाद सृर्जना गरेको भन्दै प्रधानसेनापति शर्मा कड्किए
- पुष ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको रेकर्ड सिस्टममा कुनै त्रुटि नरहेको बताएका छन् । भावि प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी रथीमा बढुवा गर्न लागेका बेला उमेर विवादमा परेपछिराजीनामा दिएका ताराध्वज पाण्डेको जन्ममितिमा पनि कुनै त्रुटि नभएको पनि उनले बताए ।
प्रधानसेनापति शर्माले तत्कालीन उपरथि पाण्डेको जन्ममितिमा कुनै विवाद नभएको दाबी गरे । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनापति शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह लागेको बताए ।
सेनापति शर्माका अनुसार अरु निकायमा जस्तै सेनामा पनि जागिर खाने क्रममा उमेर प्रमाणित गर्न एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेटलाई हेर्ने गरिएको छ । उनले कड्किएर भने, ‘सम्बन्धित निकायले नलिई नेपाल सेनाले न्वारन गर्दैन । नेपाल सेना न्वारन गर्ने संस्था होइन ।’
अहिले बढुवा सिफारिस गर्नुअघि पनि त्यही तीन कागजमा भएको उमेर पुनः परीक्षण गरिएको थियो । पाण्डेको नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालयमा दुई पटक चिठ्ठी लेखेर सोधेको भन्दै उनले भने, जिल्ला प्रशासन कार्यालयले पुरै ठिक छ भनेर पठाएको छ ।’ सबैतिरबाट ठीक ट भनेर आएको र सेनामा भर्ना हुने क्रममा लेखेको फारम पनि मिलेको सुनाए ।
तर कलेजको रजिस्टरको एउटा अशंलाई देखाएर उमेर विवाद उछालेको उनको दाबी छ । ०७६ सालदेखि कसैले उपलब्ध गराएको अधुरो कागज देखाएर विवाद सृर्जना गरेको भन्दै सेनापति शर्माले भने, ‘पछाडिसम्म भएको संशोधित मिति समेत भएको कोसित छ ? त्यो देखाउन म च्यालेन्ज गर्छु ।’
त्यसो भए किन उनले राजीनामा दिए त ? शर्माले नेपाली सेनामा व्यक्तिगत गुण, बोली, कार्यसम्पादन, नेतृत्व क्षमता, पेशागत क्षमता, कार्यकुशलता हेरिन्छ । हरेक वर्ष मेडिकल जाँच हुन्छ । त्यो सबै मिलेमा मात्र प्रमोसन हुन्छ ।
सेनापति शर्माले भने, ‘सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि ? त्यो पनि हेरिन्छ । माननीयज्यूहरुसँग झगडा गरेको छ कि ? आफ्नै सिपाहीसँग राम्रो व्यवहार गरेको छ कि छैन हेरिन्छ । त्यसै (बढुवा सिफारिस) गर्दैनौं ।’‘मैले रातभरी राखेको होइन, आधा घण्टा राखेर यस्तो विवादित भएपछि भोलि चिफ भएपछि कसरी चलाउन सक्छौं भन्दा तपाईँ मेरो बाबु जस्तो मान्छे, मैले सक्दिन । यस्तो विवादित रहेर बस्दिनँ, छोड्छु भनेर गएको हो । यसमा कुनै अन्यथा छैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments