कांग्रेसमा आसन विवाद : नेता कोइरालालाई बेवास्ता गरेको भन्दै नोट अफ डिसेन्ट(फरक मत)

- पुष ४, २०८० मा प्रकाशित


कासिन न्यूज,
जनकपुर ।

नेपाली कांग्रेसका नेता शेखर कोइराला लाई बेवास्ता गर्दै सम्मेलनमा अतिथिहरूलाई आसन ग्रहण गराउन खोजिएको भन्दै कोइराला पक्षका आठ जना नेताहरूले फरक मत राखेका हुन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो ।
कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ। नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् ।
यही पुस ५ र ६ गते कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन गर्दैछ। जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति र पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर