कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुँदै, सभापति देउवाले सम्मेलनको उदघाटन गर्ने
- पुष ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन बिहिबारदेखि सुरु हुँदै छ । धनुषाधाममा आयोजना हुने सम्मेलन बिहिाबर र शुक्रबार दुई दिन चल्ने छ । पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उदघाटन गर्ने छन् । बन्दसत्र भने महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने छ ।
बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने नेपाली कांग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदन पेस हुने छ ।
प्रदेश सम्मेलनभन्दा अगाडि वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले यसअघि गत मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन तथा यही पुस २ र ३ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ ।
यसैगरी बागमतीको सम्मेलन पुस ७ गते र कोशीको पुस ९ गते हुने नेपाली कांग्रेसले जनाएको छ । कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments