मन्त्री किराँतीको राजीनामा माग : धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम
- पुष ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेको छ । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै पशुपतिनाथ मन्दिर परिसरमा प्रदर्शन भएको हो । प्रदर्शनकारीले मन्त्री किरातीको राजीनामा पनि माग गरेका छन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई स्वीकार नगर्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले बिरोध जनाएका छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचाल्नु गलत भएको बताए ।
उनले भने, ‘उहाँ त्यो पदमा बस्न र रहिरहन उपयुक्त पात्र होइन भनेर विरोध गरेका हौँ ।’ उनले मन्त्री किरातीले सामाजिक सद्भाव बिगार्ने काम गरेको र उनलाई बर्खास्त गर्नुपर्ने पनि बताए ।
अध्यक्ष पुरुषले पशुपति क्षेत्र विकास कोषमा भएका पछिल्ला नियुक्तिमाथि पनि प्रश्न उठाए । उनले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताए । ‘धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरुमा गैरधार्मिक व्यक्तिहरुको नियुक्ति बन्द गर्नुपर्छ’, उनले भने । पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा बुधबार माओवादी केन्द्र निकटकी लक्ष्मी पुन नियुक्त भएकी थिइन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments