किन गरे मधेस प्रदेश सम्मेलनमा निधिले मञ्च बहिष्कार ?

- पुष ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनमा विमलेन्द्र निधिले मञ्च बहिष्कार गरेका छन् । कांग्रेसमा वरीयता विवाद भएपनि निधिले मञ्च बहिष्कार गरेका हुन् । कांग्रेस नेताहरूका अनुसार मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएपछि उनी दर्शकदीर्घामा बसेका हुन् । काग्रेस मधेस प्रदेशका अनुसार नेता डा,शेखर कोइराला भने दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमै गएका छैनन् ।

कांग्रेसमा १४ औँ महाधिवेशनपछि नेताहरूबीच वरीयताको विवाद छ । उनलाई आसन ग्रहणका लागि बोलाएपनि उनी मञ्चमा नबसिकन दर्शकदीर्घामै बसेर सम्मेलनमा सहभागी भए । कार्यक्रममा दोस्रो वरीयतामा पार्टीका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई आसन गराइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर