नेपाल सुपर लिग : काठमाडौंमाथि ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै वीरगञ्जको शानदार जित
- पुष ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि शानदार जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो । यो जितसँगै वीरगञ्जको प्ले अफको सम्भावना कायमै राखेको छ ।
खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । २०औं मिनेटमा एनकुनगुए जुनियरले वन टच गोल गरेका हुन् । ३७औं मिनेटमा अग्रता दोब्बर बनाउन अवसर पनि पाएको थियो । वीरगञ्जका दिपेन्द्र सिंहले हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर सोखरुखले हानेको पेनाल्टी वीरगञ्जका किपर दीप कार्कीले रोके ।
पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले हानेको बल बचाउने क्रममा काठमाडौंका आन्द्रेस नियाले ह्याण्ड गर्न पुगे । पेनाल्टीमा वीरगञ्जका विलियम ओपोकुले गल्ती गरेनन् । दोस्रो हाफमा वीरगञ्ज हावी भयो । पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अञ्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन सकेनन् । त्यही बलमा भर्खरै मैदान प्रवेश गरेका सुनिलले गोल गरे ।
५६ र ५७ औं मिनेटमा ओपोकुले लगार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ५६ मिनेटमा सुशील लामाको कर्नरमा हेड गोल गरेका उनले अर्को मिनेटमा सुशीलले आफ्नै बक्सबाट दिएको लामो पासमा करिव ३० यार्डबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।
यससँगै उनी एनएसएलको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वीरगञ्ज ४–१ को अग्रता बनाउन सफल भयो । खेलमा त्यसपछि कुनै गोल भएन, जितपछि वीरगञ्ज ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा रहेको काठमाडौंको ९ अंक छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments