तापक्रम घट्ने क्रममा रहेकाले अत्याधिक चिसो बढ्यो, चिसोबाट जोगिन मौसम विभागको अनुरोध

- पुष ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । शुक्रबार दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ ।

राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर