एनसेल नामक चौतारीको चर्चा

- पुष ६, २०८० मा प्रकाशित


देशमा एनसेल नामक चौतारीको निकै चर्चा चलेको छ । यो चौतारीमा नेपालका धेरै राजनीतिक परिदृष्यका नायकहरु देखा परेका छन् । यी नायकहरुकै कारण नेपालमा नेपालीले लगानी गर्न सक्ने परिस्थिती बनेको छैन् ।
नेपाललाई विकास र उत्तरनोन्नतीको पथमा लैजाने संकल्प गर्ने देशका प्रधानमन्त्री पुष्पकमल दाहाल लाई एउटा प्रश्न के साच्चै देश उन्नतीको पथमा जाँदै छ । देशले आफनो पहिरनलाई परिवर्तन गर्न सक्छ ।
यदि साच्चै तपाई देशभक्त हो भने किन यस्तो भै राखेको छ । देशको साँचो ताल्चा तपाईको हातमा छ । तर पनि तपाईले केही गर्न सक्नु भएको छैन् । देशमा गणतन्त्र बिरोधी, जनताको साझा जिवन सँग खेलवाड गर्ने देखी ०८४ मा देखाउँछौ भन्ने हावाहरुले देशमा अफवाह फैलाई रहेका छन् । यी असमाजिक तत्वलाई निराकरण गर्ने कुनै विधि छैन् । देशको उन्नतीकोे लागि जिउ ज्यान अर्पण गरेर आएका राजनीतिक तत्वहरुलाई यति त थाहा हुनु पर्ने हो ।
तर असामाजिक तत्व र असामाजिक परिस्थितीका कारण अहिले देशका दलहरु आफैमा बिछिन्न भएका छन् । आफनो औकात र हैसियतलाई दाउमा लगाएका कारण पनि अब जनताबाट परिष्कृत हुँदै छन् दलहरु ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
Comments

सम्बन्धित खवर