•  ११ पुष २०८१, बिहीबार

नेपाल सुपर लिग : झापा एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै चितवन एफसीको शानदार जित

- पुष ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल सुपर लिग एनएसएल फुटबलमा चितवन एफसीसँग २-० ले पराजित हुँदै झापा एफसी स्तब्ध भएको छ । चितवन एफसीका रफिक अमिनुले २ गोल गरेपछि दशरथ रंगशालामा झापा स्तब्ध भएको हो । यो खेल जितेको भए झापाको प्ले अफमा स्वत छनोट हुने थियो । जितले उसको दोस्रो हुने समीकरण समेत बन्ने थियो ।

तर यो हारले झापाको प्ले अफ संकटमा परेको छ । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमै कामय छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।

काठमाडौंले ललितपुर सिटीसित र वीरगञ्जले बुटवल लुम्बिनी एफसीसँग खेल्न बाँकी छ । यी खेलमा काठमाडौं र वीरगञ्ज दुवै पराजित भएमा मात्रै झापा चौथौ स्थानमै रहेर प्ले अफमा पुग्ने छ । झापामाथिको जितले चितवनको ८ खेलबाट ९ अंक भयो तर उसको अन्तिम ४ मा पर्ने संभावना यसअघि नै सकिएको थियो ।

चितवनलाई जिताउने क्रममा रफिकले ७ र ७७ औं मिनेटमा गोल गरेका थिए । झापाका अन्जन विष्टले ८२ औं मिनेटमा हानेको पेनाल्टी चितवनका किपर विशाल श्रेष्ठले बचाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर