कांग्रेस झापाले सिफारिस ग¥यो : सिटौलालाई राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनाउन
- पुष ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
झापा ।
नेपाली कांग्रेस झापाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँरनगर सभापतिहरुको संयुक्त बैठकले राष्ट्रियसभा सदस्यका लागि सिटौलाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकमा सभापति थेवेले सिटौलाको नाम प्रस्ताव गरेका थिए भने राम कट्टेलले समर्थन मन्तब्य राखेका थिए ।
बैठकले पार्टी केन्द्रीय समितिको मंसिर २९ गतेको बैठकले तय गरेअनुरुप पुस १६ गतेदेखि माघ १६ गतेसम्म सञ्चालन हुने ‘समुदायमा कांग्रेस’ अभियानलाई सफल बनाउन यसअघि वडा तहमा खटाइएका प्रतिनिधिहरुलाई सम्बन्धित वडामै अभियान सञ्चालनका लागि क्रियाशिल गराउने निर्णय गरेको पार्टी सचिव कृष्ण हुमागाईले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments