गीता जयन्ती : महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि स्वीकार गरेको ५ हजार वर्ष पुरानो ग्रन्थ
- पुष ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि
श्रीमद्भागवत अध्याय २ श्लोक ४७० !
अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईँले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार नमान्नुहोस् र सदैव अगाडि बढ्नुहोस् ।
शनिबार गीता जयन्ती । गीता जयन्तीको अवसरमा सनातन हिन्दु दर्शनको एउटा अनुपम ग्रन्थ गीताको अनुग्रह र ज्ञान सबैलाई मिलोस् भन्ने कामना गर्दछ । गीताको महत्त्व र यसको दार्शनिकबारे विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि स्वीकार गरेको विषयमा यदाकदा चर्चा हुने गरेको छ । यसको महत्त्वलाई थप प्रभावशाली बनाउन र थप वृहत् बनाउन आज गीता जयन्ती मनाउने गरिएको हो ।
५ हजार वर्ष अगाडिको पवित्र ग्रन्थ गीता
आजभन्दा ५ हजार वर्ष पहिले अर्थात् कलियुगको आरम्भमा आजकै दिन भगवान् श्रीकृष्णले अर्जुनलाई गीताको सार सुनाउनु भएको विश्वास गरिन्छ । अनि यसैले गर्दा विश्वमा अहिले पनि गीताका उपदेश र सन्दर्भका कारण मानवीयताका परिभाषाहरूले अझ उच्चतम विश्वास पाउँदै गएका छन् ।
मोक्षदा एकादशीको आजको दिनलाई गीता जयन्ती किन मानिएको पनि हुनसक्छ भने गीताले मानिसलाई मोक्ष प्राप्त गर्ने बाटोमा अग्रसर बनाउँछ भन्ने विश्वास गरिन्छ । सम भाव, अन्याय, अत्याचाररहित समाजको कल्पना गराउने, यसको विशिष्टताको व्याख्या गर्ने विश्वकै पुरानो ग्रन्थमध्ये एक गीताको पृष्ठभूमि पनि महाभारतको युद्ध नै हो ।
आजभन्दा झन्डै ५ हजार वर्ष पहिले सुनाइएको गीताको यो सार र सन्देश आज कलियुगमा पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै महत्त्व राख्छ र यसले संसारका सबै चेतनशील प्राणीले मनन गर्नु पर्ने शिक्षा दिन्छ । मानिसको आत्माले न जन्म लिन्छ न मर्छ, जे हुन्छ, त्यो सबै कुराका लागि राम्रो हुन्छ भन्ने भाव गीताले बोकेको छ ।
हो, गीता हिन्दु धर्मावलम्बीहरूको ग्रन्थका रूपमा पनि लिइन्छ । तर, यसको शिक्षाले कुनै एउटा विशेष धर्मलाई मात्र संरक्षण र प्रोत्साहन गर्दैन, यसले त मानव जीवनको सुन्दर पक्षलाई व्याख्या गर्छ । गीता ज्ञानको सबैभन्दा ठुलो भण्डारण हो, हामी सबैको सम्पत्ति र अटुट ज्ञानको स्रोत हो । गीता जयन्तीको उपलक्ष्यमा हाम्रो पात्रो परिवारको तर्फबाट सबैलाई शुभकामना ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments