प्रथम बागमति प्रदेश सम्मेलन : नवदुर्गा पार्टी प्यालेसमा सुरुहुँदै
- पुष ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मुलुक संघीय संरचनामा गएपछि नेपाली काँग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्न लागेको छ ।हरेक वर्ष पार्टीका सबै तहको बिधानत प्रदेश सम्मेलन हुनुपर्ने भएकाले प्रदेश सम्मेलन हुन लागेको हो । सात प्रदेश मध्ये सबैभन्दा पहिले लुम्बिनी प्रदेशले सम्मेलन गरेको थियो ।
नेपाली काँग्रेस बागमति प्रथम प्रदेश सम्मेलनको शनिवार औपचारिक रुपमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले उदघाटन गर्ने छन ।
महामन्त्री गगन थापा लगायत शिर्ष नेताहरूको सम्बोधन पछि,बन्द सत्रको एजेन्डाको रूपमा आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, र राजनीतिक प्रतिवेदनमा प्रस्तुतीकरणहरू समावेश गरिएका छन्। यी प्रतिवेदन माथिको छलफलले पार्टीको आगामी कार्यदिशा तय गर्ने छन ।
नेपाली काग्रेश बागमती प्रदेश कार्यसमिति सहित छ सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलन आजै समपान गरिने प्रदेश प्रतिनिधी शिला पंराजुलीले जानकारी दिइन । नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश सम्मेलन शनिबारदेखि काठमाडौँमा हुँदैछ । सम्मेलनको केन्द्रीय सभापति शेरबहादुर देउवाले बिहान साढे ८ बजे नवदुर्गा पार्टी प्यालेस, सुकेधारमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सम्मेलनका लागि बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए। सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाका ६६ सङ्घीय निर्वाचन क्षेत्रका ७८२ जना प्रदेश प्रतिनिधि, बागमती प्रदेशका सङ्घीय सांसद, प्रदेशसभा सदस्य, क्षेत्रीय सभापति, नगरपालिकारगाउँपालिकामा निर्वाचित प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने छन् । कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments