•  ११ पुष २०८१, बिहीबार

खेल / फुटबल : क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीलाई

- पुष ७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

म्यानचेस्टर सिटीले पहिलो पटक क्लब विश्वकप जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा शुक्रबार भएको फाइनलमा ब्राजिलको फ्लुमिनेन्सलाई ४–० ले हराउँदै सिटीले विश्वकप जितेको हो ।
प्रिमियर लिग टोलीलाई उपाधि दिलाएका लागि जुलियन अल्वारेजले २ र फिल फोडेनले १ गोल गरे । अर्को गोल टोलीले उपहारमा पायो ।
अल्वारेजले खेल सुरु भएको ४० सेकेन्डमा गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए । सुरुवातबाटै हाबी भएको सिटीले २७ औँ मिनेटमा अग्रता दोब्बर बनायो । निनोको आत्मघाती गोल सिटीका लागि उपहार बन्यो ।
७२ औं मिनेटमा सिटीका लागि फोडेनले गोल गरे। अल्वारेजको पास फोडेनले गोल गरेका हुन् । अल्वारेजले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको फराकिलो जित पक्का भयो। ११ वर्षमा युरोपेली क्लबले मात्रै क्लब विश्वकप जितेका छन् ।
सिटी भने एकै वर्षमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बनेको छ । प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको पेप ग्वार्डिओलाको सिटीले सुपर कप पनि हासिल गरेको थियो । शुक्रबार नै अर्को खेलमा उराव रेड्सलाई ४–२ ले हराउँदै इजिप्टको अल आलीले क्लब विश्वकपमा तेस्रो स्थान हाँसिल गर्यो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर