जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गर्ने चलन बसाउनु पर्छ : सभापति देउवा
- पुष ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौँमा भएको नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश सम्मेलनमा सम्बोधन गर्दै सभापति देउवाले सम्मेलनबाट हार्नेले जित्नेलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
सम्मेलनमा बोल्दै उनले भने– ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’
देउवाले राष्ट्र अहिले दोधारमा उभिएको उल्लेख गरे । कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदीवासी जनजाती, अपाङ्गता भएकाहरुको प्रतिनिधित्व हुने व्यवस्था भएको बताए । यस्तो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत नआउने भएपनि कांग्रेस ठूलो पार्टी भएको स्मरण गराए ।
उनले ग्रास रुटदेखि नै कांग्रेसलाई बलियो बनाउन लाग्न आग्रह गर्दै बागमती प्रदेशका नेताहरुले अझ बढी नेतृत्वदायी भूमिकामा बसेर सबै नेपालीहरुलाई नेतृत्व दिनेगरी काम गर्न आग्रह गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments