आन्तरिक विवादमा जसपा : विवाद मिलाउनका लागि जसपाका अध्यक्ष यादव सप्तरीमा
- पुष ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सप्तरीमा देखिएको पार्टी भित्रको आन्तरिक विवाद मिलाउनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफैं सप्तरी पुगेका छन् । सप्तरीको पर्सामा असन्तुष्ट पक्षले समानन्तर जिल्ला कमिटी बनाएपछि पार्टीको आन्तरिक विवाद छताछुल्ल भएको हो । सोही विवाद मिलाउनका लागि अध्यक्ष यादव सप्तरी पुगेका हुन् ।
सप्तरीमा कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य शैलेन्द्र साहको अगुवाइमा उमेश यादवको नेतृत्वमा अर्को कार्य समिति बनेको छ । जसपा सिरहा जिल्ला समितिका अध्यक्ष केदार यादव हुन् । उनको विपक्षमा उमेश यादवको नेतृत्वमा नयाँ कार्य समिति बनेको हो ।
जिल्ला जिल्लामा देखिएको विवाद समाधान गर्नका लागि जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि समस्या समाधान गर्न नसकेपछि अध्यक्ष यादव आफै सप्तरी पुगेका हुन् । उनले दुवै पक्षका नेतासँग यस विषयमा छलफल गरी समस्या समाधानका लागि प्रयास गर्ने जसपाका एक जना कार्यकारिणी सदस्यले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments