चलचित्र संसार / कलिवुड : अभिनयमा दम हुँदा पनि दर्शकबाट छायाँमा परिरहेका अभिनेता अग्रहरी
- पुष ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
फिल्म ‘अदृष्य’ पछि सम्भवतः अभिनेता प्रमोद अग्रहरीको पहिलो फिल्म ‘चित्रा’ दर्शकमाझ आउँदैछ । तर यो फिल्मलाई लिएर उनी उत्साहित छैनन् जस्तो देखिन्छ । यो फिल्म पुस २७ गतेदेखि सिनेमा हलमा लाग्दैछ ।
यो फिल्ममा उनको दोहोरो भूमिका छ । लामो समयपछि रिलिज हुन लागेको यो फिल्मलाई लिएर उनले प्रमोसनमा केही खास गर्नुपर्ने हो, तर उनी खुसी छैनन् कि जस्तो देखिएको छ
पुस मै उनी अभिनित नाटक ‘पगला घोडा’ पनि मञ्चन हुँदैछ । यही पुस १२ गतेदेखि मञ्चन हुने उक्त नाटकलाई लिएर प्रमोद उत्साहित देखिएका छन् । उनी यस सम्बन्धि सबै सामाग्री सेयर गर्दैछन् । सामाजिक सञ्जालबाटै नाटक हेर्न आग्रह गर्दैछन् ।
तर ‘चित्रा’ को टीजर रिलिजलगत्तै टीजरमात्रै पनि सेयर गर्न उनले आवश्यक ठानेनन् । बल्ल एउटा पोस्ट सेयर गरेका त छन्, तर त्यो पोस्ट पनि नाटक कै पोस्टले ढाकिएको छ ।
अभिनयमा दम हुँदा पनि दर्शकबाट छायाँमा परिरहेका छन् उनी । पछिल्लो समय उनी फिल्ममा खासै व्यस्त देखिएका छैनन् । यस्तोमा उनको दोहोर भूमिका रहेको ‘चित्रा’ प्रदर्शनको संघारमा छ । त्यति हुँदा पनि उनी प्रमोसनमा उत्साहित देखिएका छैनन् ।त्यसो त अधिकांश निर्देशकले उनलाई प्राय ‘भिलेन’ नै बनाउन खोज्छन् ।कलाकार भएर भेरिएसन खोज्दै गर्दा मेकरले एकै प्रकारको रोल दिएर पो उनी दिक्क भएका हुन् कि ?
फेरि ‘पगला घोडा’ पछि पनि उनीसंग केही समय ‘चित्रा’ को प्रमोसनका लागि बाँकी रहने हुँदा उक्त समय उपभोग गर्न खोजेका हुन् कि ? त्यो त उनै जानुन् । तर सरसर्ती उनको सामाजिक सञ्जाल नियाल्दा ‘चित्रा’ मा उनले खासै रुचि नदेखाएको भान भने हुन्छ । सामान्यतया कलाकार निर्माण टिमसंगको बैमनष्यतामा यसो गर्छन् ।अब प्रमोदले किन यसो गरेका हुन्, उनै जानुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments