इतिहास फर्कन गाह्रो : लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता – सभापति देउवा
- पुष ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औंल्याए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए ।
सभापति देउवाले आफूले नख्खु जेलमा पहिलोपटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने ।
भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति भएको देउवाले बताए । भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेको देउवाको भनाई थियो ।भट्टराईको शताब्दी जन्मदिवस मनाउनका लागि कांग्रेसले केन्द्रीय तहमा आइतबार पार्टी कार्यालयमा विमर्श कार्यक्रम राखेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments