खेल / क्रिकेट : प्रो क्लब टि-२० च्याम्पियनसिप – पुलिस क्लबका युवा स्पिनर शेरको घातक बलिङमा एपिएफ आउट
- पुष ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल पुलिस क्लबका युवा स्पिनर शेर मल्लको घातक बलिङमा प्रो क्लब टि२० च्याम्पियनसिपमा नेपाल एपिएफ क्लब ५१ रनमा अल आउट भएको छ । पुलिसले ८९ रनको फराकिलो जित हात पारेको छ ।
जितको लागि १ सय ४१ रनको बलियो विजयी लक्ष्य पछ्याएको एपिएफ १३.२ ओभरमा ५१ रनमा अल आउट भयो । एपिएफका प्रदीप ऐरीले २३ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाए ।
एपिएफका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आसिफ शेख ८, हरिशंकर शाह ८, लोकेश बम शून्य, सुमित महर्जन ९, सन्दीप जोरा र अमर सिंह राउटेला १–१ रनमा आउट भए । विपिन खत्री, अभिनाश बोहरा, कमल खत्री र रमेश कुर्मीले खाता खोल्न सकेनन् । पुलिसका शेर मल्लले २.२ ओभरमा ३ रन खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सागर ढकाल र आरिफ शेखले १–१ विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । पुलिसका ओपनर दीलिप नाथले ३८ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५६ रन बनाए । सुनिल धमलाले ४३ बलमा ३ चौकासति ३५ तथा शंकर रानाले १७ बलमा २ छक्कासहित २२ रन बनाए ।
अभिनाश बोहराले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । रमेश कुर्मीले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । कमल खत्रीले ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments