निलम्बन फुकुवा भयो लक्ष्मी महतो कोइरीको

- पुष ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । कोइरीमाथि मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेको थियो ।अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार कोइरीले अघिल्लो वर्ष महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

फौजदारी कसुरमा अदालतले थुनामा पठाउने निर्णय गरेपछि उनी सांसद् पदबाट निलम्बनमा थिए । गत मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले कोइरीलाई सफाइ दिएको थियो । सफाइ पाएसँगै निलम्बन फुकुवाको निर्णय लिएर कोइरी संसद सचिवालय पुगेका थिए । निलम्बन फुकुवा भएसँगै अब उनले संसदीय गतिविधिमा भाग लिन पाउने छन् ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर