अपराध गर्न कसैलाई छुट छैन : महानिरीक्षक कुँवर
- पुष ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
मुगु ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा हुने सबै खाले अपराध निर्मूल पार्न प्रहरी कटिबद्ध रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा मुगु आएका महानिरीक्षक कुँवरले यस्तो बताएका हुन्।
उनले स्थानीय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने बताउँदै त्यसका लागि नागरिकको जागरुपता पनि आवश्यक रहेको बताए। उनले भने, “प्रहरीभित्र पनि आन्तरिक सुदृढीकरण भइरहेको छ। एक दुई जना गलत व्यक्तिले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन। कोही कसैलाई पनि गल्ती गर्ने छुट पनि छैन।”
जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ। २०२२ सालमा स्थापना भएको कार्यालय हालसम्म जीर्ण भवनमा सञ्चालनमा रहेको थियो। भवन निर्माणका लागि रोयल कन्ट्रक्सन धनगढी कैलालीसँग ७ करोड ५६ लाख ६३ हजार रुपैयाँमा २०७६ माघ ६ गते निर्माण सम्झौता गरिएको थियो।
भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमूख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्छा लगायतका सबै संरचनाहरू सुविधायुक्त निर्माण गरिएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments