अनैतिक सम्वन्धले निम्त्याएको जोखीम : मकैको खोया, सहकारी र रास्वपा सभापति लामिछाने
- पुष ९, २०८० मा प्रकाशित
सुधीर नेपाल ।
बजारमा अहिले मकैको खोयाले निकै चर्चा बटुलेको छ । राजनीतिक दल गठन गरेर राजनीतिक दलको पछाडी लाग्ने बानी परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकैको खोयाको झटारो खाएका छन् ।
हुन् त राजनीतिमा भन्ने र गर्नेमा आकाश जमिनको फरक हुन्छ । त्यहि आधुनिक सिद्धान्तलाई अहिले रास्वपाले पनि अंगीकार गरिरहेको छ । नेपाली संचार जगतको पूर्व संचारकर्मी रहेका लामिछानेले जसरी टेलिभिजन कार्यक्रम मार्फत आफूलाई पपुलारिटीको बिन्दुमा पुर्याए र आफनो सोही पपुलारिटीलाई भजाउन थाले । जुन कुरा सोझा नेपालीहरुले चाँडै बुझ्न सकेनन् । तर अब बिस्तारै बुझ्न थालेका छन् ।
नेपाली राजनीतिको नक्षत्रमा आक्समत उत्पन्न भएका रास्वपा सभापति लामिछानेको आगमनले नेपाली राजनीतिमा जुन प्रकारको तरंग उत्पन्न भएको थियो । लामिछानेको कथनबाट तत्कालका लागि राजनीतिक क्षति भएको छ । एक महिनामै मास्क खोलेर, आफ्नो छद्मछवि भत्काएर रविले राम्रो काम गरेका छन् । स्टन्टबाज, घृणाप्रसारक तथा नायकहरूबाट मुक्ति खोज्ने यो सुन्दर अवसर पनि हो । नेता माथिबाट, गालीगलौजबाट, सोसल मिडिया, मिडियाबाट, चमत्कारबाट जन्मिँदैन भन्ने बुझाएका छन् ।
नेता भुइँबाट, शिक्षाबाट, चेतनाबाट, लोकतान्त्रिक संस्कारबाट, श्रमबाट, सपनाबाट, योजनाबाट, शिष्टशैलीबाट, सेवाबाट र इमानबाट जन्मिन्छ भन्ने अब त नेपालीले बुझ्नुपर्छ । अहिले त्यहि बिमुखतालाई सहन गर्न नसकी भनौ वा सत्ता र शक्तिको मोहमा फस्न पुगेर हो लामिछानेका आँखा रसिला भएका छन् । कुनै समय सञ्चारमाध्यम मार्फत दुनियाँलाई गालीको भकारी भर्ने बानी लागेका लामिछाने अहिले त्यही सञ्चार माध्यमको र यसका मालिकहरुको उछितो काढ्न थालेका छन् ।
लोकतन्त्रको बिजारोपण भएको हाम्रो जस्तो अल्पबिकसीत मुलुकमा भर्खर मात्र वाक स्वतन्त्रताको प्रतिध्वनी गुन्जिन थालेको छ । यहि वाक स्वतन्त्रताको भरपूर प्रयोग नेपाली राजनीतिको बजारमा भर्खर मात्र पाइला राखेका रविले गरे । जुन स्वतन्त्रता उनको लागि त्यति मजबुत होला जस्तो लाग्दैन् ।
नेपाली राजनीतिका एक लहरले जसरी रविलाई बिश्वास गरेका थिए । त्यो पनि अब बिस्तारै हराउने स्थितीमा पुग्न थालेको छ । भनौ अब त्यो हराई नै सकेको छ । नेपाली बन्ने अधिकार बाट बञ्चित भएका लामिछानेले जसै दोस्रो पटक नेपाली बन्ने अवसर पाए । त्यो सँगै लामिछानेमा सत्ता र शक्ति बिना बाच्न नसक्ने जस्तै पानी बिनाको माछो बनाएको छ । जुन कुरा पहिले देखी नै नेपालबाट प्रकाशीत हुने समाचार पत्र देखी अनलाइन सञ्चारको लागि खुराक पनि बनेको थियो । आफू बिरुद्ध लागेका सञ्चार माध्यम बेतुकको गाली गलौचमा उत्रिएका रवि जस्तो राज्यको जिम्मेवार पदमा बसिसकेको पात्रले व्यक्ति/व्यक्तिविरुद्ध विषवमन गर्नु र त्यसैको जयजयकार हुनुले नेपाली समाजको अधोगतिको संकेत गर्छ । पत्रकारलाई, मिडिया मालिकलाई प्रश्नै गर्नुहुन्न कसैले भनेको छैन र भन्न पनि मिल्दैन ।
रास्वपाका नेतालाई विभिन्न शक्तिस्थल पठाएर आफूलाई चोख्याउन खोज्नु भनेको राजनीतिमा लागेर लुटतन्त्रको प्रयास गर्नु बराबर हुनेछ । रविले आफूबाट लागेको आरोपबाट यो पनि बुझ्नु पर्छ नेपालको कानून भन्दा माथि केही छैन् । त्यसैले रवि अब शक्ति केन्द्र धाउन आफू पनि छोड्नु होस् र आफना कार्यकर्ताहरुलाई पठाउन छोड्नुहोस् । यदि यसरी राजनीतिको खोल ओढेर सत्ता र शक्तिका पदचाप पच्छ्याउन थाल्नु भयो भने जनताले त्यसको हिसाब राम्ररी गर्नेछन् ।
पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा पार्टीको कार्यक्रममा भाषण गरिरहेकोबेला रास्वपाका सभापति लामिछानेलाई लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले मकैको खोयाले हानेका थिए । सहकारीको यात्रालाई जारी राखेका रास्वपा सभापति लामिछानेको सम्वन्ध खोया प्रहार गर्ने रानाभाट सँग रहेको पनि बजारमा चर्चा छ ।
सहकारी विवादमा लामिछानेको पटक–पटक आलोचना हुने गरेको छ। तीनकुनेमा सहकारी पीडितहरूले गरेको प्रदर्शन अनि चितवनमा भएको प्रदर्शनमा समेत सहकारीका वचनकर्तामाझ लामिछानेको आलोचना भएको थियो।
सहकारी ठगीसँग लामिछानेको सम्वन्ध पुरानै हो । त्यसमा पनि शुर्यदर्शन सहकारीको अपचलनमा लामिछानेको प्रत्यक्ष संग्लनता नभए पनि उनी यो केसबाट टाढा भने छैनन् । एक हजार ३६ जना बचतकर्ताको रकम हिनामिनामा जोडिएका छन् गितेन्द्रबाबु(जीवी) राई सँगको सम्वन्ध लामिछानेलाई प्रतिवादी पुष्टि गर्ने दरो माध्यम बनेको छ ।
जीवी त्यही व्यक्ति हुन् जसलाई लिएर लामिछानेले ग्यालेक्सी टेलिभिजन खोलेका थिए। लमिछानेकै सक्रियतामा ग्यालेक्सी टेलिभिजन खुलेको तथ्य लुकेको विषय हैन। यो उनले पनि स्वीकार गरेकै पक्ष हो।
ग्यालेक्सी टेलिभिजन खुल्नेक्रममा नै जीवी राईको सक्कली धन्दा सार्वजनिक भइसकेको थियो। उनी अवैध नेटवर्किङको व्यवसायमा सक्रिय रहेको र शङ्कास्पद आर्थिक कारोबारमा संलग्न रहेको सार्वजनिक हुँदा पनि त्यसले लामिछानेलाई कुनै फरक परेन। उनले टिम बनाएर टेलिभिजनलाई चर्चामा ल्याउन सक्रिय भइराखे।
अनुसन्धानमा एक अर्ब बढीको अपचलनमा गोर्खा मिडिया नेटवर्कको नाममा धितो नै नराखी सहकारीबाट दुई करोड ३० लाख ८९ हजार ऋण गएको खुलिसकेको छ। सो रकम ग्यालेक्सी टेलिभिजन सञ्चालनमा खर्च भएको देखिन्छ।
ग्यालेक्सी आर्थिक सङ्कटमा फस्दै गयो। यता स्थानीय तहको निर्वाचनबाट स्वतन्त्र र नयाँ दलको पक्षमा माहौल बन्न सक्ने देखेपछि लामिछाने राजनीतिमा आए। प्रतिनिधि सभाको निर्वाचनमा चौथो राजनीतिक शक्तिको रूपमा उदाए पनि। तर उनले अन्य विषयमा जसरी चर्को बहस गर्छन् सहकारी ठगीको विषयमा सकेसम्म बोल्दैनन्। बोल्नै परे पनि नरम बोल्छन्।
ठगहरूबारे चर्को आलोचना गर्ने उनको स्वभावकै हो। तर सात सहकारीमा रहेको लाखौँ बचतकर्ताहरूको १६ अर्ब हाराहारीको बचत रकम ठगीमा संलग्न जीवी राईबारे उनी अहिलेसम्म बोलेका छैनन्।
चितवनमा रहेको सहारा सहकारीका बचतकर्ताहरू समेत ठगिएका छन्। त्यहाँका बचतकर्ताहरूले पटक पटक विरोध प्रदर्शन गर्दा समेत उनीहरूको सांसद लामिछानेबाट साथ पाएका छैनन्। सहकारी ठगीबारे नबोलेको भन्दै सहारा सहकारीका बचतकर्ताहरूले लामिछानेको आलोचना समेत गरेका थिए। तर जति आलोचना भए पनि सहकारी ठगीमा अप्रत्यक्ष रूपमा आफूसमेत जोडिएकाले उनी मौन नै बस्छन्। बोल्दैनन्। त्यसको परिणाम शनिवार पोखरामा खोयाको झट्टी खाए उनले।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments