हाम्रो स्वास्थ्य : जाडो मौसम र अञ्जीर – क्षयरोग तथा दमका विरामीले बिहान अञ्जीर सेवन गर्दा अत्यधिक फाइदा
- पुष ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अञ्जीर जति स्वादमा अनौठो हुन्छ, त्यति नै स्वास्थ्यको दृष्टिले पनि गुणकारी हुन्छ । अञ्जीरमा चमत्कारी फाइदा हुन्छन् । जाडोमा यसको प्रयोग गर्नाले मानिसहरुलाई स्वस्थ रहन सहयोग पुग्ने हुन्छ ।
यी हुन् अञ्जीर सेवनका १० फाइदाहरु
१. अञ्जीरमा राम्रो मात्रामा डाइट्री फाइबर हुन्छ । यसले पाचन प्रणाली ठीक गर्नुको साथै पेट पनि सफा राख्छ । यसका लागि राति दुईदेखि तीन वटासम्म अञ्जीर पानीमा भिजाएर बिहान खानु पर्छ । यसो गर्नाले कब्जियत, एसिडिटी, ग्यास, ब्लोटिङको समस्या पनि कम हुन्छ । साधारण कब्जियतको अवस्थामा तातो दुधमा सुख्खा अञ्जीर उमालेर सेवन गर्नाले पेट सफा हुन्छ ।
२. अञ्जीर खानाले हड्डि बलियो हुन्छ । अञ्जीरमा पर्याप्त मात्रामा क्याल्शियम हुन्छ, जसले हड्डि दुख्ने र भाँचिने खतरा हुँदैन ।
३. अञ्जीर आइरनको एउटा राम्रो स्रोत मानिन्छ । शरीरमा आइरनको कमीका कारण एनीमियाको खतरा हुन्छ । अर्थात रगतको कमी हुन्छ र यसलाई कम गर्नका लागि अञ्जीरभन्दा राम्रो विकल्प अरु केहि हुँदैन । अञ्जीर खानाले शरीरमा हेमोग्लोबिनको स्तर पनि बढ्छ ।
४. अञ्जीरले रक्तचापलाई पनि नियन्त्रण गर्छ । अञ्जीरमा फाइबर र पोटाशियम हुन्छ, जसले उच्च रक्तचापको सम्भावनालाई कम गर्छ ।
५. अञ्जीरलाई दूधसंग मिसाएर पिउनाले प्रतिरोधक क्षमता बलियो हुन्छ । यसको सेवन गर्नाले मौसमी समस्याको चपेटामा आउनबाट बचाउँछ । रुघा–खोकि, ज्वरोको समस्या हुनबाट रोक्छ । चिसोका कारण हड्डि र जोर्नीमा अत्यधिक पीडा हुन थाल्छ । त्यसैले दिनहुँ एक गिलास अञ्जीर–दूध सेवन गर्नु राम्रो हुन्छ ।
६. अञ्जीरलाई उसिनेर राम्रोसंग पिसेर सेवन गर्नाले घाँटि सुन्निएको र गाँठो भएको समस्यामा तुरुन्तै लाभ प्रदान गर्छ ।
७. मधुमेहको समस्या भएकाहरुका लागि पनि अन्य फलफूलको तुलनामा अञ्जीरको सेवन विशेष लाभदायक हुन्छ ।
८. कुनै प्रकारको बाह्य पदार्थ पेटमा पुग्यो भने त्यसलाई निकाल्नका लागि अञ्जीर सेवन अत्यधिक गर्दा समस्या समाधान हुन्छ ।
९. क्षयरोग तथा दमका विरामीले बिहान अञ्जीर सेवन गर्दा अत्यधिक फाइदा पाइन्छ ।
१०. ताजा अञ्जीर खाएपछि दुध पिउनाले अत्यन्त शक्तिवर्धक र वीर्यवर्धक मानिन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments