चलचित्र संसार / कलिवुड : ‘प्रसाद–२’ कारण अभिनेता कार्कीको बलिवुड यात्रामा लगाम – ‘एनिमल’ बाट हात झिक्न बाध्य
- पुष ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
दुई वर्षअघि पुसको अन्तिम साता अभिनेता विपिन कार्कीसंग सम्बन्धित एउटा समाचारले कलिवुडलाई पिटेको थियो । हल्लाको मुख्य कारण थियो ‘हिन्दी फिल्म ‘एनिमल’ मा रणवीर र अनिलसँग काम गर्दै विपिन कार्की’ ।
हल्ला बाहिरीए पछि अभिनेता कार्कीलाई वधाइको ओइरो लाग्यो । समग्र नेपाली फिल्म क्षेत्रमात्र होइन अभिनेता कार्कीका प्रशंसक तथा शुभेच्छुकहरुले समेत उनलाई वधाइ दिए ।
दुई वर्षअघिको उक्त समाचारमा अभिनेता कार्कीले निर्देशक सन्दीप रेड्डी भांगाले निर्देशन गर्ने ‘एनिमल’ मार्फत अभिनेता कार्कीको बलिउड यात्राको थालनी हुने उल्लेख गरिएको थियो । त्यो बेला अभिनेता कार्कीले नै उक्त फिल्मका लागि आफूलाई निर्माण टिमले अगष्ट (२०७८ को भदौ) मा मुम्बई बोलाएको बताएका थिए ।
विपिनले नेपाली फिल्म ‘सेल्फी किङ्ग’ मा गरेको अभिनय देखेपछि ‘एनिमल’ को निर्माण पक्षले उनलाई सिधै फोन गरेर फिल्मका लागि बोलाएको थियो । विपिनले त्यो बेला बताए अनुसार फिल्ममा उनले अभिनेता अनिल कपूरसँग धेरै दृष्य शेयर गर्ने कुरा भएको थियो ।
विपिनलाई दुई वर्षअघि फिल्मका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर फिल्मका लागि प्रस्ताव गरेका थिए । सन्दीपसँग विपिनलाई जोड्ने काम भने ‘सेल्फी किङ्ग’ का निर्देशक विशाल सापकोटाले गरेका थिए । विशालले सन्दीपको निर्देशनमा बनेको दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सनलाई निर्देशन गर्ने कुरा थियो ।
अभिनेता रणवीर कपूरसँग यसअघि नेपाली कलाकार भोलाराज सापकोटाले हिन्दी फिल्म ‘बर्फी’ मा संगै काम गरेर राम्रो ख्याति आर्जन गरेका थिए । त्यसैले पनि दुई वर्षअघि अभिनेता विपिन कार्कीले ‘एनिमल’ मा अभिनय गर्ने कुराले चर्चा पाएको थियो ।
‘एक दिन प्रणयको फोन आयो । मेरो ‘सेल्फी किङ’ उनीहरुले हेरेका रहेछन् । त्यही फिल्मसँग मिल्दो–जुल्दो भूमिका भएकाले सम्झिएका हुन् भन्ने लागेको छ,’ विपिनले दुई वर्षअघि भनेका थिए ।
त्यो बेला विपिनले फिल्मको स्क्रिप्ट नपाए पनि फिल्मका अधिकांश दृश्य अनिल कपुरसँग हुने बताइएको थियो । त्यो बेला ‘एनिमल’ फिल्मको दोस्रो सेड्युलको सुटिङ जारी थियो । मुम्बईमा हुने अन्तिम सेड्युलमा विपिन जोडिने निश्चित नै भैसकेको थियो ।
यद्यपि, ठिक एक वर्षअघि अर्थात अघिल्लो वर्षको पुसको तेस्रो साता विपिन कार्कीले ‘एनिमल’ छाडेको समाचार सार्वजनिक भयो । फिल्मका लागि निकै मेहनत समेत गरेका कार्कीले अन्ततः उक्त फिल्ममा अभिनय नै गर्न पाएनन् । फिल्ममा अभिनय गर्नैका लागि मुम्बई समेत पुगेका अभिनेता कार्कीले अन्ततः आफ्नै व्यस्तताका कारण उक्त फिल्म छाड्न वाध्य भए । त्यसक्रममा उनले केही नेपाली फिल्महरु नै छाडेको समेत चर्चा चलेको थियो । तर, यति हुँदा–हुँदै पनि अभिनेता कार्कीले ‘एनिमल’ मा अभिनय गर्न पाएनन् ।
भनिन्छ, अभिनेता कार्की आफ्नै मुख्य भूमिका रहेको नेपाली फिल्म ‘प्रसाद–२’ को छायांकनमा व्यस्त भएको बेला उनलाई ‘एनिमल’ मा अभिनय गर्न बोलाइएको थियो । तर, यता ‘प्रसाद–२’ को छायांकनलाई बीचैमा छाडेर मुम्बई जान असम्भव भएकै कारण उनले ‘एनिमल’ बाट हात झिक्न बाध्य भए ।
भनिन्छ, अघिल्लो वर्ष अभिनेता कार्कीलाई छ दिनभित्रै मुम्बई पुग्न भनिएको थियो । तर, कास्की जिल्लामा छायांकन भैरहेको ‘प्रसाद–२’ को सेट उनले करिव १४ दिनसम्म छाड्न नमिल्ने अवस्था थियो । यही कारण उनले आफ्नो बलिउड डेब्यूको ऐतिहासिक अवसरलाई गुमाए ।
हुन त विपिन ‘एनिमल’ को छायांकनमा सहभागिता जनाउन अघिल्लो वर्षको कात्तिक महिनामा मुम्बई नपुगेका होइनन् । समग्रमा उनी विभिन्न पटक मुम्बई पुगे, तर उनी मुम्बई पुगेको बेला उनको सेड्यूल नै निस्किएन । यो कुराले अभिनेता कार्की एक प्रकारले हैरानसमेत भैसकेका थिए । ‘यो फिल्मको लागि भनेर मैले चार–पाँच पटक काठमाडौं–मुम्बई आइजाइ गर्नु पर्दा निकै हैरानीसमेत भोगेको थिएँ, उनले अघिल्लो वर्ष भनेका थिए ।
यद्यपि, अभिनेता कार्कीले निर्देशक रेड्डीसंग सहमतिमै समयाभावका कारण अभिनय गर्न नसकेको बताए भने रेड्डीले पनि भविष्यमा पुनः सहकार्य गर्न सकिने आश्वासन दिए । ‘एनिमल’ को अन्तिम दृष्यमा निर्देशक रेड्डीले रणबिर कपूरको दोहोरो भूमिका रहने गरी यो फिल्मको सिक्वेल ‘एनिमल पार्क’ निर्माण हुने अनौपचारिक घोषणा नै गरिसकेका छन्, आशा गरौं यो फिल्ममा अभिनेता कार्कीले एउटा शसक्त भूमिका निर्वाह गर्ने अवसर प्राप्त गर्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments