प्रहरी महानिरिक्षक कुँवरले व्यक्तिलाई फाइदा पुग्ने गरी डीआईजीको पद थप्ने प्रस्ताव गरेको आरोप
- पुष ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल प्रहरीको प्राविधिकतर्फ ३ वटा प्रहरी नायव महानिरिक्षक (डीआईजी) को पद थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर हेर्ने गरी विज्ञ डिआइजी राख्न प्रस्ताव गरेको छ । नेपाल प्रहरी केनाइन महाशाखा र केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पनि डीआईजी राख्न प्रस्ताव गरिएको छ ।
तर, अर्थ मन्त्रालयले साइबर र केनाईन महाशाखामा मात्र डीआईजी पद थप्न गृह मन्त्रालयलाई सहमति दिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्ताव गृह मन्त्रालयले अर्थमा पठाएको थियो । अर्थ मन्त्रालयबाट प्राविधिक तर्फ दुई वटा डीआईजीको पद थप्न सहमति आएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) नारायण प्रसाद भट्टराईले बताए । उनले भने, ‘अर्थबाट सहमति प्राप्त भएको छ तर, केही विषयमा छलफल गर्नुपर्ने भएको कार्यान्वयनमा गएको अवस्था छैन
आईजीपी बसन्त कुँवरले व्यक्तिलाई फाइदा पुग्ने गरी डीआईजीको पद थप्ने प्रस्ताव गरेको आरोप छ । साइबर अन्तर्गत डीआईजी बढुवा गर्दा नबिन्द अर्यालले अवसर पाउँछन् । साइबर ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक अर्यालका प्रतिस्पर्धी नै नभएको हुनाले उनलाई नै डीआईजीमा बढुवा गर्न पद थपको प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । अर्याललाई बढुवा गरेर सिआईबीमा राख्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
नेपाल प्रहरी केनाईन महाशाखामा डा. देउती गुरुङलाई डीआईजी बनाउन पद थप्न लागिएको हो । महाशाखा प्रमुख एसएसपी डा. देउतीसँग प्रतिस्पर्धा गर्न सो महाशाखमा अन्य प्रतिस्पर्धी छैनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments