आरजुको आशीर्वाद : मन्त्री बने डन – रात्रीकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर कांग्रेसको राजनीतिमा जमेका थापा उर्फ रोज
- पुष ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसभित्र आरजु राणा देउवाको प्रिय पात्रको छवि बनाएका सरोज थापा उर्फ रोज राणा जिल्ला फर्किएर राजनीतिमा लागे। आरजुको आशीर्वादले उनी छोटो समयमै कांग्रेसको राजनीतिमा जम्दै गए। उनी प्युठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए।
२०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित पनि भए पनि मन्त्रीको सूचीमा थिएनन्। संस्थापनपक्षको तारन्तार दबाबपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संस्थापनइतर समूहको असहमतिमा थापालाई मन्त्री बनाए। आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह कांग्रेस संस्थापनइतर समूहले बहिष्कार गरेका थिए।
२०८० मा उनै रोज राणा सरोज थापाका रूपमा लुम्बिनी प्रदेशको उद्योग वाणिज्य तथा यातायात मन्त्रीमा नियुक्त भए। आफ्नै पार्टीभित्र विरोध हुँदाहुँदै मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास मन्त्रीसँगै थापालाई पनि मन्त्रीको शपथ खुवाए।
रोज राणा उनको नक्कली नाम थियो। मन्त्री हुँदा सक्कली नाममै शपथ खाए। माओवादी द्वन्द्वकालमा प्रहरीलाई सूचना दिएको आरोपमा माओवादीले खोजेपछि प्यूठानबाट भागेका सरोज थापा काठमाडौं आएर रोज राणा भएका थिए।
उनी कांग्रेसको राजनीतिमा लागेको धेरै लामो समय भएको छैन। साङ्घातिक हमलापछि नै हो उनी रात्रीकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर राजनीतिमा लागेको।
सरोजबाट रोज बनेका उनको पहिलो सार्वजनिक छवि फिल्म निर्माता नै हो। उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरेका थिए। उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’को निर्देशन समेत गरे।
फिल्म क्षेत्रका कलाकार उनको डनगिरीबाट हैरान थिए। आफ्नो फिल्म अभिनय गर्न नमान्ने कलाकारलाई उनी अपहरणै गर्थे। त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्म पुगेको थियो।
फिल्म त एउटा देखाउने धन्दा भइहाल्यो। उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो। त्यो बेलामा काठमाडौँमा नग्न डान्सबारको बिगबिगी थियो। रोजको बागबजार अनि गंगबुमा डान्सबार थियो। बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि कुख्यात थियो।
काठमाडौँमा तत्कालीन एसएसपी थिए रमेश खरेल। बागबजारमा रहेको टप भिआईपी डान्सबारमा छापा मार्नेक्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जवर्जस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि खरेलले रोजमाथि मानववेचविखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए। केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे। काठमाडौँ जिल्ला अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे। पछि उनले मानव बेचविखनको अभियोगबाट सफाइ पाएका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments