सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो, सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा
- पुष ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई हराएको छ । सोमवार भएको खेलमा सुदूरपश्चिमले बाग्मतीलाई ६ विकेटले हरायो ।
बाग्मतीले दिएको ८८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका लागि विन्दु रावलले २८ र कविता जोशीले नट आउट २७ रन बनाइन् । बलिङतर्फ बाग्मतीकी अस्मिना कर्माचार्य र सोनी पाख्रिनले समान १ विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८७ रन बनायो । बाग्मतीका लागि कञ्चन श्रेष्ठले १९ र हेलिशा गुरुङले १६ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी लक्ष्मी साउद र कविता जोशीले समान २ विकेट लिइन् ।
यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । ४ खेलमा ४ अङ्क भएको बाग्मती चौथो स्थानमा छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments